काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर बस्नुनपर्ने बताएका छन् ।
गृहमन्त्री लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई उक्त अपिल गरेका हुन्।
गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन’, , ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के होरु तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्नेगरी काम गर्नुहोस्। मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला)।’
.jpg)


