काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
रास्वपाका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले भने, ‘बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ र त्यही्अनुसार सबै सासंदलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको (ह्विप जारी गरिएको) छ।’
प्रधानमन्त्रीले यही फागुन ३० गते संसद्मा विश्वासको मत लिँदै छन्।


