मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एक्सप्रेस पाना
फाल्गुण २९, २०८० मंगलबार
  • 210
    SHARES
  • नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनसँग सहमतिमा हस्ताक्षर गरेका छन् ।

    images

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भएको छलफलमा अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गरेका हुन् ।

    यसअघि एमाले, माओवादी, रास्वपा र जसपाले आठ बुँदे सहमति गरेका थिए । एकीकृत समाजवादीले पनि सो सहमतिमा हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धन बनेको छ ।

    images

    लिखित सहमतिपछि एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

    एकीकृत समाजवादीले अध्यक्ष नेपाललाई कम्तिमा एक बर्ष प्रधानमन्त्री बनाउन राखेको मागमा प्रचण्ड र ओली सकारात्मक भएपछि सहमतिमा हस्ताक्षर भएको बताइएको छ । 

    साथै एकीकृत समाजवादीले कम्तिमा एक प्रदेशको नेतृत्व खोजेको र अन्य प्रदेशमा सम्मानजनक सहभागिता खोजेको विषयमा पनि प्रचण्ड र ओली सकारात्मक भएका छन् ।