मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी

एक्सप्रेस पाना
फाल्गुण २९, २०८० मंगलबार
  • 236
    SHARES
  • राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी

    काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल विजयी भएका छन्।

    images

    मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट दाहाल निर्वाचित भएका हुन् । राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए।

    यसमा नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।

    images

    उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको छ। 

    उनीसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत खस्यो। उनको विपक्षमा ३९ मत परेको हो। 

     

  • सम्बन्धित विषय:

  • # नारायणप्रसाद दाहाल