काठमाडौं । मंगलबार नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ ।
आज ५६.४६ अंकले बढेर २१०९.१२ विन्दुमा पुगेर बजार बन्द भएको हो। मंगलबार ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
२२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


