मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री लाई विश्वासको मत दिन सांसदहरुलाई अध्यक्ष ओलीको आग्रह

एक्सप्रेस पाना
फाल्गुण २९, २०८० मंगलबार
  • 294
    SHARES
  • प्रधानमन्त्री लाई विश्वासको मत दिन  सांसदहरुलाई अध्यक्ष ओलीको आग्रह

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । 

    images

    मंगलबार पार्टी संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अल्पमतको अर्को सरकार बन्ने भन्दै आफ्ना सांसदहरुलाई सचेत गराएका हुन  ।

    ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ’ उनले भने, ‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त, कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’ उनले भने 

    images

     

     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष केपी शर्मा ओली