बुधबार, भाद्र २४ गते २०८३
images

आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 233
    SHARES
  • आज प्रधानमन्त्री  दाहालले विश्वासको मत लिने

    काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । 

    images

    तत्कालिन गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि संबिधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

    आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश हुने संसद सचिवालयले जानकारी दिएको छ ।

    images

    अहिले बनेको नयाँ गठबन्धन दलहरु माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने भएसँगै आज प्रधानमन्त्रीले विश्वासको मत पाउने निश्चित जस्तै भएको छ । त्यस्तै प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

    त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, जनमत र लोसपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

    प्रतिनिधिसभामा अहिलेको गठबन्धनमा रहेका पाँच दलसँग कुल १५२ मत रहेको छ । जुन बहुमतका लागि पर्याप्त रहेको छ । गठबन्धनमा रहेको एमालेका ७७ सांसद छन् भने माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद रहेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल