काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। त्यस्तै आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ।
आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ भने । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २४ पैसा निर्धारण भएको छ भने बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १४ पैसा निर्धारण भएको छ।

.jpg)


