मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ:सांसद महिन्द्रराय यादव

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 208
    SHARES
  • कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ:सांसद महिन्द्रराय यादव

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले नेपाली कांग्रेस र माओवादीको गठबन्धनमा गोत्रै नमिलेको बताएका छन् । 

    images

    बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद यादवले अहिलेको गठबन्धनको गोत्र पनि मिलेको बताएका हुन । 

    उनले भने,'अहिलेको गठबन्धन संविधान संशोधन र देशमा भएका तमाम समस्या समाधान गर्न बनेको पनि उनले दाबी गरे । “गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ' ।

    images

    कांग्रेस यथास्थितिवादी पार्टी भएको र माओवादी अग्रगामी परिवर्तनकारी पार्टी भएको भन्दै उनले कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई नोक्सान भएको समेत बताए । 

    उनले भने,'विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ।'