मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काम गर्न नसकेको दिन हामी आफै बाहिरिने छौँ:सांसद वाग्ले

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 244
    SHARES
  • काम गर्न नसकेको दिन हामी आफै बाहिरिने छौँ:सांसद वाग्ले

    काठमाडौं । रास्वपाले सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद स्वर्णिम वाग्लेले बताएका छन् ।

    images

    बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिएर प्रधानमन्त्रीले गलहत्याउनु पर्ने अवस्था नबनाउने बताएका हुन् । 

    सांसद वाग्लेले,भने ,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौँ ,हामी काम गर्न आएका हौँ । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौँ । प्रश्न गर्‍यौँ ।अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौँ । सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएका छौँ । गर्न नसकेको दिन हामी आफै बाहिरिने छौँ । प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौँ । उहाँले हामीलाई गलहत्याउनु पर्दैन ।’ 

    images

    सांसद वाग्लेले राष्ट्रहितको विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको बताए । 

  • सम्बन्धित विषय:

  • # सांसद स्वर्णिम वाग्ले