आइतबार, कार्तिक १६ गते २०८३
images
images

एन आई सी एशिया बैंकको दशैं अफर : खातामा रकम पठाउदा खातावाललाई ४०० बोनस

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 907
    SHARES
  • एन आई सी एशिया बैंकको दशैं अफर : खातामा रकम पठाउदा खातावाललाई ४०० बोनस

    असोज ११ काठमाडौं । एन आई सी एशिया बैंकले सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप गतिशील बैंकिङ्गको डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि आउँदै गरेको वडादशैंको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी मार्फत बैंक खातामा रकम पठाउँदा खातामा रू ४०० बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

    images

    २०७८ आश्विन ११ देखि कात्र्तिक १० सम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिनेछ । रू ४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । 

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । 

    images