सोमबार, कार्तिक १७ गते २०८३
images
images

चैत्र ४ गते राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन हुने

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 310
    SHARES
  • चैत्र ४ गते  राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन  हुने

    काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने भएको छ ।

    images

    बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले समिति सभापतिको निर्वाचनको मिति तोकिएको जानकारी गराएका हुन् ।

    बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबार को दिन तोकेको बताए । 

    images

    उनले समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए ।

     ‘मान्य सदस्यहरू राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति ०८० चैत्र ४ गते आइतबार को दिन तोकेको छु । समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्याललाई निर्देशन गर्दछु।’उनले भने 

    राष्ट्रिय सभाको अर्को बैठक चैत्र २ गते शुक्रवार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा