मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज प्रतिनिधिसभा बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र १, २०८० बिहीबार
  • 190
    SHARES
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    images

    बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । 

    आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० तथा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

    images


    त्यस्तै बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 


    आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।