काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिबारे प्रधानमन्त्रीको धारणा माग गरेका छन।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगीबारे विभिन्न आरोप लागेका व्यक्तिले त्यही काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउनेमा शंका व्यक्त गरेका हुन।
‘उनले भने, सहकारीको आदर्शविपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने ऋण प्रवाहको आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ’,। भन्दै उनले भने, कतै तपाईंको पोजिसनलाई रक्षाकवच बनाएर एकरदुई करोड मात्रै अभियोग लागेका तपाईंलाई सिखन्डीको भूमिकामा अघि सारेर दसौँ अर्बको ठगी गर्ने ठूला माछा उम्काउने जानी नजानी हतियार त बनिरहनुभएको छैन’।
सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरेका थिए ।
.jpg)


