काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
गत असारमा नियन्त्रणमा लिइएको ६० किलो र भेपमार्फत बरामद् गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले विहिबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।
जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले ४८५ पृष्ठको लामो प्रतिवेदन गृहमन्त्री लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।
गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।
.jpg)


