काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पाकिस्तानका राजदूत अब्रर हाश्मीबिच भेटवार्ता भएको छ ।
बिहिबार सिंहदरवारमा नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई राजदूत हाश्मीले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा उनीहरु बिच दुई देशको आपसी हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
.jpg)


