काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।
आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ १२ पैसा निर्धारण भएको छ,भने अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ,भने । बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ।

.jpg)


