काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनैतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक(२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
कार्यसूचीमा आ.ब. २०८१८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित उल्लेख गरिएको छ ।
.jpg)


