मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 235
    SHARES
  • माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बोलाइएको  छ । 

    images

    बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

    बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल पहाड तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने छ ।

    images

    आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका केही समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।