काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्।
सांसद पौडेलले भने,‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री बन्न हुँदैन थियो’, । ‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु।’
सांसद पौडेलले आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारीपीडितहरूलाई कसरी न्याय दिन सक्छन् भनी प्रश्न गरे।
.jpg)


