काठमाडौं । सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार परेको छ ।
शुक्रवार बसेको बैठकले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताएका हुन् ।
पौडेलले कार्यदलको आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी गराउदैं उनले कार्यदलले तयार पारेको सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शिर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताए ।
संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौति समाधान,आम मानिसहरुमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई साझा कार्यक्रममा प्राथमिकता दिएको उनको भनाई छ ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।
.jpg)


