आइतबार, कार्तिक १६ गते २०८३
images
images

दूध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्री पुनको निर्देशन

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 327
    SHARES
  • दूध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्री पुनको निर्देशन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले  दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्न निर्देशन दिएका छन् ।

    images

    शुक्रबार अर्थमन्त्री पुनले राजस्व सचिव डां रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन । 

    उनले भने,‘किसानले दूधको भुक्तानी नपाएको अवस्थामा राज्य किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ’। 

    images

    उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गरेका थिए । 

    अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो । मन्त्री पुनले बजेट समर्पणका लागि आजै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरूलाई आग्रह गरेका छन् ।

    दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्व सचिव डा घिमिरेले बताए ।

     

     

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री वर्षमान पुन