मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादीको विधान सुझाव समेट्दै स्थायी समितिबाट पारित

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 245
    SHARES
  • माओवादीको विधान सुझाव समेट्दै स्थायी समितिबाट पारित

    काठमाडौं । नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रूप दिएको छ ।

    images

    शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रूप दिएको हो ।

    बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाइ अन्तिम रूप दिएको बताए ।

    images

    उनले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताए ।

    उनले भने ‘दुई वटा एजेण्डा मात्रै थिए । एउटा विधान सम्बन्धी नै हो । मूलभूत रुपमा विधान अधिवेशनले पास गरेको मूल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक, वृहंगम रुपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गयौँ, छलफलले परिपूर्ण र समृद्ध भएको छ । आज त्यो फाइनल भएको छ । राष्ट्रिय सभामा हाम्रो पार्टीको तर्फबाट अध्यक्षमा निर्वाचित नारायण दाहालले राजीनामा दिनुभएको थियो, त्यो स्वीकृत गरेका छौँ ।’