आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री खड्काले गरे अतिवादको निन्दा

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 473
    SHARES
  • राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री खड्काले गरे अतिवादको निन्दा

    असोज १२ काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा आज बिहान सम्बोधन गर्दै अतिवादको निन्दा गरेका छन् ।

    images

    शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि नेपालले विगत ६३ वर्षदेखि राष्ट्रसंघमा योगदान पुर्‍याएको चर्चा गर्दै पराष्ट्रमन्त्री खड्काले जुनसुकै प्रकार र स्वरुपका अतिवादको नेपालले निन्दा गर्ने बताए । 

    न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले उल्लेख गरेअनुसार परराष्ट्र मन्त्री खड्काले आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आतंकवादको विरोध गरिरहेको बताए। आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको उनकाे भनाइ छ । उनले  मानव अधिकारको प्रवर्द्धन र रक्षामा पनि जोड दिए ।

    images

    उनले कोभिड-१९ विरुद्धको खोप सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान ढंगबाट पाउनुपर्ने बताए । मावन जीवन रक्षाका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै खड्काले कोभिडले कारणले देखिएको चुनौतीलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय सामुदायले देखाएको सहयोगको प्रशंसा गरे । बाधा र चुनौतीका बाबजुत नेपालले २० प्रतिशत नेपालीलाई खोप लगाएको उनको भनाइ छ । नेपालले ६ महिनाभित्र सबै नेपालीलाई खाेप लगाइसक्ने मन्त्री खड्काले बताए ।