मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 237
    SHARES
  • प्रतिनिधि सभा बैठक बस्दै

    काठमाडौं । आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ। 

    images

    बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु हुनेछ। 

     बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। 

    images

    यसैगरी  आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) बारेको छलफल जारी रहनेछ। 

    यसअघि गत शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बेल घेराउ गरेपछि बैठक स्थगन भएको थियो।