काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ।
आज छापावाल सुन तोलामा चार सय रूपैयाँले घटेर एक लाख २५ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य भने बढेको छ। शुक्रबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।


