काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरुवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई साधारण सदस्यबाटै हटाउने भएको छ ।
आइतबार बसेको समन्वय समितिको बैठकले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । डा. स्वर्णिम वाग्लेको नेतृत्वको समन्वय समितिमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ ।
यसैगरी आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय पनि बैठकले गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए । समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूलाई राखिनेछ । मन्त्रीहरूको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाइने प्रवक्ता ढकालको भनाई छ ।
समन्वय समितिको बैठक अब प्रत्येक आइतबार बस्नेछ।
.jpg)


