काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सांसद मञ्जु अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ।
सांसद अन्सारीको मिनभवनस्थित सिभिल अस्पतालमा आइतबार उपचारको क्रममा निधन भएको हो ।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।
सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् । ।
.jpg)


