मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिने

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 249
    SHARES
  • एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । 

    images

    पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो ।

    वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्तावेजमा समावेश गर्ने उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    images

    आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि निर्माणाधीन दस्तावेजलाई थप अध्ययन गर्ने समय निर्धारण गरेको समितिले समान विचार तथा दृष्टिकोण भएका कम्युनिष्ट शक्तिसँग एकताका लागि अपुग भएका केही वस्तु थप्ने समझदारी भएको छ । 

    प्रचार विभाग प्रमुख खतिवडाले चैत ६ गते दस्तावेज मस्यौदा लेखन समितिको बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने  जानकारी दिए । उनका अनुसार राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमाथि सुक्ष्म छलफल गरी दस्तावेज मस्यौदा लेखनलाई पूर्णता दिइने छ ।

    पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमबारे समेत दस्तावेज उल्लेख गरिएको खतिवडाले बताए ।

     

  • सम्बन्धित विषय:

  • # नेकपा एकीकृत समाजवादी