मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नु हो :डोलप्रसाद अर्याल

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 351
    SHARES
  • रास्वपाको मिसन भ्रष्टाचार अन्त्य  गरी सुशासन कायम गर्नु हो :डोलप्रसाद अर्याल

    काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् ।

    images

    आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपको मिसन बेथिति विरुद्धमा काम गर्ने रहेको बताएका हुन् ।  

    उनले भ्रष्टाचार अन्त्य, बेथिति बिरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने बताए ।

    images

    ‘रास्वपाको मिसन बेथिति विरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो यो भन्दा बढी मिसन खासै छैन । त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन् ।’ उनले भने ।