बुधबार, भाद्र २४ गते २०८३
images

पोखराको विकासका लागि सरकारले आवश्यक सहयोग र समन्वयको पहल गर्नेछ: प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 341
    SHARES
  • पोखराको विकासका लागि सरकारले आवश्यक सहयोग र समन्वयको पहल गर्नेछ: प्रधानमन्त्री  दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग,गर्ने बताएका छन् ।

    images

    आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् । 


    ‘प्रधानमन्त्री दाहालले भने,पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,’  ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।’

    images

    उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल