शनिबार, भाद्र २७ गते २०८३
images

औषधि लिमिटेडले थप तीन प्रकारका औषधि उत्पादन गर्दै

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 365
    SHARES
  • औषधि लिमिटेडले  थप तीन प्रकारका औषधि उत्पादन गर्दै

    काठमाडौं । नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । 

    images

    लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिएका हुन् ।

    तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

    images

    ‘सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरू औषधि पनि उत्पादन गर्न सक्छौँ’, उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए ।

    वि.स २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो ।

    हाल आजदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल औषधि लिमिटेड