काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरमास्थित संसद भवनमा ११ बजेको लागी बोलाइएको छ ।
यसअघि आइतबारका लागि बोलाइएको संसद बैठक जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज बस्ने गरी स्थगित भएको थियो ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै आजको बैठकमा पनि आ.व.२०८१ ०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
.jpg)


