काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २४ हजार ५०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ ।
महासंघका अनुसार चाँदी सोमबार १५२० रुपैयाँमा कायम भएको छ ।


