काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेपछि नेपाली कांग्रेसले सरकारलाई धन्यवाद दिएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कांग्रेसका सांसद गगन थापाले सरकारलाई धन्यवाद दिएका हुन् ।
उनले भने,सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो,आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ,’ ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ।’
.jpg)


