काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रूपमा निर्वाचित भएकी छिन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापति पन्तलाईपद तथा गोपनीयताको शपथ गराएका हुन ।
सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन ।
उनले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्त्वपूर्ण विषयलाई प्रभावकारी रूपमा उठाउने बताइन ।
.jpg)


