सोमबार, कार्तिक १७ गते २०८३
images
images

सांसद अन्सारीको निधन निधनप्रति राष्ट्रिय सभाले शोक प्रस्ताव

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 282
    SHARES
  • सांसद अन्सारीको निधन निधनप्रति राष्ट्रिय सभाले शोक प्रस्ताव

    काठमाडौं। जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।

    images

    सोमवार बसेको राष्ट्रिय सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

    बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । उनको श्रद्धाञ्जलीस्वरुप सभाका सदस्यहरूले एक मिनेट मौन धारणसमेत गरे ।

    images

    राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भने ‘संघीय संसद प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु । वि.सं.२०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । स्व. अन्सारी जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्यको रुपमा निर्वाचित हुनुभएको थियो । यो बैठक स्व। अन्सारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’

    राष्ट्रिय सभाको अर्को बैठक चैत्र ७ गते बुधवार बिहान सवा ११ बजे बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा