मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रुसि सेनामा भर्ना भएका नेपालीहरुलाई करार रद्द गर्न रुस तयार छ:परराष्ट्रमन्त्री श्रेष्ठ

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 263
    SHARES
  • रुसि सेनामा भर्ना भएका नेपालीहरुलाई करार रद्द गर्न रुस तयार छ:परराष्ट्रमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसले आफ्नो सेनामा भर्ना भएका नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको  बताएका छन् । 

    images

    सोमबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले रूसी सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको बताएका हुन् ।

    उनले भने, 'रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ । तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ । यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ । युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ । उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ' ।

    images

  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ