मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्रीले संसदमा आज सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 195
    SHARES
  • प्रधानमन्त्रीले संसदमा आज सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    images

    बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

    images

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने सचिवालयको कार्यसूचीमा उल्लेख छ ।