काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा थियो।
त्यसैगरी आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ।

.jpg)


