काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सदन अवरुद्ध गरेर अनावश्यक विषय झिकेको बताएका छन्
मंगलबार बिहान धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सहकारीका अनावश्यक विषय झिकेर कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नै अनैतिक भएको बताए । कुनै विषयमा उजुरी पर्दैमा राजीनामा दिँदै जाने हो भने नेपालमा संसद् र मन्त्री पद सवै रित्तिने उनको भनाई छ ।
ओलीले भने, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि ’।
कांग्रेसले सहकारी मुद्दामा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदा संसद्मा बारम्बार अवरोध गर्दै आईरहेको छ ।
.jpg)


