काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएमा कारबाही गर्नबाट कसैले रोक्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सुशासन कायम गर्ने सवालमा आफूले कुनै पनि सम्झौता नगर्ने बताए।
प्रधानमन्त्री दाहालले भने, अनुसन्धानबाट केही कैफियत देखिएमा उहाँ (रवि लामिछाने) लाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्दैन। यो कुरा प्रस्ट राख्न चाहन्छु’। सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ। यसमा आफ्नो पार्टी र अरूको पार्टीको भन्ने आग्रहरपूर्वाग्रह पनि राखेको छैन। आउने दिनमा पनि राख्नै छैन’।
प्रधानमन्त्री दाहालले लामिछानेविरुद्ध परेको जाहेरीमा पनि कुनै प्रमाण र आधार नभेटिएको बताए ।
‘उनले भने, उहाँ सहकारीको सञ्चालक, लेखा, ऋण समितिलगायत कर्मचारीलगायत कुनै जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ जोडिएको देखिँदैन’।
.jpg)


