मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बर्न अस्पतालाई जलनको प्रमुख अस्पतालका रुपमा विस्तार गर्ने प्रक्रिया अगाडी बढेको छ:प्रधानमन्त्री

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 263
    SHARES
  • बर्न अस्पतालाई जलनको प्रमुख अस्पतालका रुपमा विस्तार गर्ने प्रक्रिया अगाडी बढेको छ:प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुरको बर्न अस्पतालाई जलनको प्रमुख अस्पतालका रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडी बढेको जानकारी गराएका छन्। 

    images

    मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीले जलन उपचारका लागि सरकारले के कस्तो काम गरिरहेको छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्रीले यस्तो जानकारी गराएका हुन्।

    प्रधानमन्त्रीले भने,'कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पताका रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अघि बढेको छ'। 'वर्न अस्पतालाई विस्तार गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालको अतिरिक्त वीर अस्पताल,शिक्षण अस्पताल,पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गरिदैछ',।  'प्रदेशमा केन्द्रीय अस्पतालहरुमा जलन युनिट स्थापना गरी मध्यम खालको जलनको त्यही उपचार गर्ने र कडा किसिमको लागि रिफरको व्यवस्था मिलाइनेछ।'

    images