काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्नुपर्ने अवस्था नभएको बताएका छन् ।
मंगलबार बसेको संसद् बैठकबाट बाहिरिनेक्रममा अध्यक्ष ओलीले छानबिन समिति असम्भव रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘सरकारबाट बाहिर हुनेबितिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गर्नु हुँदैन ।’
आजको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तरमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि निर्दोष रहेको जिकिर गरेका थिए । तर, लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउन माग गरेका थिए ।
.jpg)


