मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इसेभेन भिसा मार्फत कोरियामा नेपाली कामदार लैजाने भन्ने कुरामा सत्यता छैन: श्रममन्त्री

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 261
    SHARES
  • इसेभेन भिसा मार्फत कोरियामा नेपाली कामदार लैजाने भन्ने कुरामा सत्यता छैन: श्रममन्त्री

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई सेभेन भिसामा कोरिया नेपाली कामदार पठाउने कुनैपनि निर्णय नभएको दाबी गरेका छन् ।

    images

    मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामार्फत पनि नेपाली दक्ष कामदार पठाउने सम्झौता भएको भन्नेकुरा सत्य नभएको बताए । 

    उनले भने, "दक्षिण कोरियाको इसेभेन भिसा मार्फत कोरियामा नेपाली कामदार लैजाने भन्ने कुरा एकदमै भ्रम र मन्त्रालयसँग सम्बन्ध नभएको मन्त्रालयले बनाएका कार्यविधिहरूलाई कार्यदल बनाएर पूर्ण मूल्याङ्कन छलफल र प्रधानमन्त्रीले २०८० पुस २४ गते निर्देशन लिएको बुँदामा पर्छ । कोरियासँग कुनै सम्झौता भएको छैन । कार्यदल बनेकाले यो विषयमा केही विषय अगाडि नबढाउन भनिसकेको विषय भएको हुनाले यो विषयमा केही सम्झौता भएको छैन । काम गर्ने ठाउँ कोरिया भनिएको छ । त्यसमा पनि सत्यता छैन । इसेभेन भिसाको विषयमा कुनैपनि बहस चलेको छैन ।  इसेभेन भिसाको विषयमा बजारमा आएको हल्ला निराधार हो"। 

    images