असोज १२ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । (आज) मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय पेसिरसडाँडामा दिउँसो तीन बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने एक नेताले बताए ।
आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, सङ्गठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङसम्बन्धी प्रस्तावमाथि आजबाट छलफल उनले जानकारी दिए ।
'तीनवटा प्रस्तावमध्ये राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने विषयमा अलि बढी छलफल हुनसक्छ,’ एक नेताले भने, ‘विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद लगायतबाट प्रतिनिधित्व गर्ने सङ्ख्याबारे सहमति जुटाउने प्रयास हुन्छ ।
राष्ट्रिय सम्मेलनसम्बन्धी प्रस्तावमा आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।
प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गनुपर्ने उल्लेख छ ।
.jpg)


