काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकको अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा थियो।
त्यसैगरी आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ।

.jpg)


