काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रिको छानबिनको लागी छानबिन समिति बनाउन माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सुरूमै कांग्रेसले अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिएका थिए। उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको र छानबिन गर्न समिति बनाउनुपर्ने बताएकी हुन् ।
उनले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझ्नुपर्ने बताइन् ।
उनले भनिन्, "आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौं"।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदले उठाएका बिषयमा संसदमा जवाफ दिए पनि गृहमन्त्रीको वचाउ गरेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।
.
.jpg)


