मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन

एक्सप्रेस पाना
चैत्र ७, २०८० बुधबार
  • 258
    SHARES
  • राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन

    काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ।

    images

    बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेका हुन्। 

    राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरिएको थियो। 
    प्रस्तावलाई सांसदहरूले समर्थन जनाएका छन्।

    images

    अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम देहायबमोजिम रहेको छ। आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह। कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरूको मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्दछु।’