मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारको इन्जिन नै काम नलाग्ने भएपछि गियर परिवर्तन गरेर काम छैन: रामहरि खतिवडा

एक्सप्रेस पाना
चैत्र ७, २०८० बुधबार
  • 253
    SHARES
  • सरकारको इन्जिन नै काम नलाग्ने भएपछि गियर परिवर्तन गरेर काम छैन: रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाले गियर परिवर्तन गरेर काम नहुने बताएका छन् ।

    images

    बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारको इन्जिन काम नलाग्ने भएको बताएका हुन् । उनले सरकारले गियर परिवर्तन गरे पनि केही काम नगर्ने बताए ।

    उनले भने,"केही दिन अगाडी प्रधानमन्त्रीज्युले संसदमा बोलेको सुनेँ । सरकारको गियर परिवर्तन गर्नुपर्यो भन्नुभयो । एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभास हामीलाई भएको छ" । 

    images

    उनले सरकारको न्यूनतम साझा कार्यक्रममा विभिन्न आयोगहरू गठन गर्ने उल्लेख गरिएको तर  सहकारी प्रकरणमा संसदीय समिति गठन गर्न नसक्ने सरकारले कसरी अन्य समिति गठन गर्छ त्यो अचम्मको बिषय रहेको बताए ।

    "सहकारी ठगीको एउटा संसदीय संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला त्यो पनि अचम्मको विषय प¥यो । जनतालाई ढाँट्ने काम नहोस्" उनले भने।